यसरी हेर्नुस नेपाल र इराकबिचको आज हुने खेल संसारभरी लाईभ ( शक्दो शेयर गरौ )

काठमाडौं : नेपाली फुटबल टोलीले आज २० बर्षपछि इराकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा राति १०:१५ बजे खेल्न लागेको हो । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३औँ स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औँ स्थानमा छ । नेपाल १ सय ७१औँ स्थानमा छ ।

इराकविरुद्धको खेल कुवेती प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ । उनी औषत २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । यहि टोलीले विश्वकप छनोटका बाँकी ३ खेल खेल्नेछ । नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले जितेको थियो ।

नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेलछि कुवेतमा चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ। इराकसँग खेलेपछि नेपालले आगामी खेलमा कुवेतमा जुन ३ मा चाइनिज ताइपेइसँग, जुन ८ मा जोर्डनसँग र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।

यसरी हेर्नुस यो खेल लाईभ !
यो खेल अल फैहा स्टेडियममा स्थानीय समय अनुसार ७:३० (नेपाली समय १०:१५ बजे ) हुनेछ। कोरोनाको कारण खेलमा दर्शकहरुको उपस्थिति निषेध गरिएको छ। त्यस्तै संसारभरीका दर्शकले भने खेल सुरु हुने बित्तिकै हाम्रो वेवसाईट मार्फत तथा इराकी स्पोर्ट्सको युटुब च्यानलमा गएर लाईभ हेर्न पाइनेछ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली
किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Leave a Reply

Your email address will not be published. Required fields are marked *