कोरोनाबाट रहिनन् भारती, बलिउड अभिनेता सोनु शोकमा भक्कानिए

नयाँ दिल्ली । बलिउड अभिनेता सोनु सूद शोकाकुल घडिमा छन् । उनी आफू बारम्बार भक्कानिएको बताउँदै आएका छन् । उनले सामाजिक सञ्जालमा गरेको पोष्टले सबैको आँशु बगाएको छ ।

मैले केही दिन अघि भारतीलाई बचाउन खुबै प्रयास गरे । कोरोना भाइरसबाट भारती गम्भीर बिरामी परेकी थिइन् ।

त्यसपछि आफ्नै प्रयासमा नागपुरबाट हैदराबादको अपोलो अस्पतालमा भर्ना गराए सोनूले लेखेका छन् । ताकी उनी ठीक समयमा उपचार पाएर बाँच्न पाउन् भन्ने मेरो कामना थियो । यद्यपि, ईश्वरको अगाडी कस्को के लाग्छ र ?

२५ वर्षीया भारतीको शनिबार राति निधन भयो । सोनु आफैंले यो जानकारी सोशल मिडियामा पोष्ट गरेर साझेदारी गरे। उनले पोष्टको क्याप्शनमा लेखे, “यो संसारले तपाईंलाई सधैं सम्झन्छ।” रिपोर्टका अनुसार भारती कोरोना भाइरससँग संघर्ष गर्दै थिइन्।

सोनुले भनेका छन् ः मेरो मुटुमा तिम्रा लागि खास ठाउँ रहनेछ। ​​ सोनूले आफ्नो पिडाले भरीएको पोस्टमा लेखेका छन्, ः “तिमी नागपुरकी भारती, जसलाई मैले बिशेष एम्बुलेन्सबाट हैदराबाद पटाएको थिएँ, हिजो राति तिम्रो दुःखद निधन भयो। मेरो प्रिय रेस्ट इन पावर माय डियर भारती।।

पछिल्लो महिना तिमीलाई सीईएमओ (एक्स्ट्राकोपोरियल झिल्ली ऑक्सीजन) मेसिनमा तिमी लडाई लड्यो। यद्यपि मैले तिमीलाई भेट्न सकिन, तर तिमी मेरो हृदयमा विशेष स्थान हुनेछौ। सम्पूर्ण परिवारप्रति मेरो समवेदना। म उहाँहरुलाई चाँडै भेट गर्नेछु। जीवन वास्तवमा धेरै पटक अतुलनीय छ। ”

सोनू ‘नृत्य दीवाना’मा भावुक भए समाल्न सकेन्न आफुलाई। गत हप्ता सोनू सूद रियलिटी शो ‘डान्स दीवाना’ को सेटमा पाहुनाका रूपमा आए। यस समयमा उनको आँखामा आँसु थियो, भारतीको परिवारको एक भिडियो देखाइएको थियो।

भिडियोमा भारतीकी आमाले भावनात्मक भइरहेको बेला भने, “सोनू सर हाम्रो लागि (भगवान) एन्जिल हुन्।” यो भिडियो हेर्दा रियालिटी शो मा सहभागी मात्र हैन हेर्ने दर्शक सबै भावुक भएका थिए ।

यो घटनाले के देखाउँछ भने कल्पनिक कथामा मात्र हैन कलाकार वास्तविक जीवनमापनि बारम्बार भक्कानिन्छ । हार्दिक श्रद्धाञ्जली भारती । हार्दिक समवेदना शोकाकुल परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *