जेठ ३ मा श्रीमती गु’मा’ए, ७ गते छाेरा, अनि हिजाे आफैँ बि’ते

काठमाडौं, जेठ १४ । बुटवल-१०, कालिकानगरमा नाै दिनभित्र काेराेनाका कारण एकै परिवारका तीन जनाकाे नि’ध’न भएको छ । यीमध्ये एक जनाको हाेम आइसोलेसनमा र दुई जनाकाे उपचारका क्रममा युनिर्भसल मेडिकल कलेज भैरहवामा नि’ध’न भएको उनीहरूका आफन्तले बताएका छन् ।नि’ध’न हुनेमा पूर्वजनप्रतिनिधि नरबहादुर गुरुङ, उनकी श्रीमती मनसुवा र छोरा प्रेम छन् ।

संक्रमित भई घरमै बसेकी मनसुवा नाै दिनअघि ५ जेठमा बि’तेकी थिइन् । वडा नम्बर १० का वडा अध्यक्ष पदम थापाका अनुसार २ जेठमा मनसुवाकाे कोरोना रिपाेर्ट पोजिटिभ देखिएकाे थियाे । ‘श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजनको व्यवस्थापन मिलाइएकाे थियाे । तर, ५ गते उहाँ बि’त्नुभयाे’, वडाअध्यक्ष थापाले भने ।

घरमा श्रीमतीलाई कोरोना पुष्टि भएपछि नरबहादुर र छोरा प्रेमकाे कोरोना परीक्षण गर्दा दुवै जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे थियाे । सास फेर्न गाह्राे हुन थालेपछि उनीहरू युर्निभसल मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा छोरा प्रेम गुरुङको ७ जेठमा निधन भयाे । नरबहादुर गुरुङले हिजो राति अस्पतालमा अन्तिम सास लिएका वडा अध्यक्ष थापाले बताए ।

यस्तै उनीहरूको नि’धन भएपनि बुहारी (३२) अहिले उपचारकै क्रममा अस्पतालमा छिन् । उनलाई परिवारका सदस्यको मृ’त्युको खबर समेत दिएका छैनन् । मृ’तकका आफन्त जेवी गुरुङले कोभिडले परिवार नै उजाड बनाएको बताए । ‘हाम्रो परिवार कोभिडले उजाड बनायो, यसलाई कसैले कमजोरीका रूपमा कसैले नलिऔं,’ उनले भने ।

गुरुङका दुई छोरी र एक छोरा हुन् । छोराको कोभिडका कारण ज्‍या’न गइसकेको छ भने एक जना सानो नाति छन् । बाँकी दुई छोरी भने सकुसल रहेको आफन्‍तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *