सवारीमा लाग्ने सबै प्रकारका कर छुट

काठमाडौ । सरकारले सवारीमा कर छुट दिएको छ ।पेट्राृल वा डिजेलमा चल्ने कुनैपनि सवारीलाई विद्युतीयमा रुपान्तरण गरेको खण्डमा सरकारले पाँच बर्षसम्मका लागि सबै कर छुट दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट घोषणामा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।उनले बजेट वाचनमा भने इन्धनबाट चल्ने सवारी विद्युतीय बनाए भन्सार कर र सडक कर लगायतका सबै करहरु छुट गरिनेछ ।

सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

गरिबी निवारण कोष खारेज
सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।

कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन
सरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ । त्यस्तै खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरेको सार्वजनिक गरेका हुन् ।

सहकारीलाई संस्थालाई सरकारले अनुदान दिने

सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुले सहुलियत ऋण पाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७० को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सहकारीको माध्यमबाट कृषि कार्य गर्न अनुदान दिने उनले बताए । संस्थालाई वलियो बनाउनका लागि पनि सरकारले आवश्यक भूमीका खेल्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *