बाँकेका अस्पतालवाट आयो शुभ समाचार

काठमाडौ । महामारीमा सबैभन्दा बढी समस्या भोगेको बाँकेको अस्पतालवाट अब शुभ समाचार आउन थालेका छन् । संक्रमितको उपचार हुँदै आएका अस्पताहरुमा अब मृत्यु हुनेको संख्या घट्न थालेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले त्यो संख्या ह्वात्तै घटेको हो ।

शनिवार राति देखि आइतवार विहान सम्म अस्पतालमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बाहिरी जिल्लाका संक्रमित रहेको अअस्पतालले जनाएको छ । बाँकेमा भने पछिल्लो २४ घण्टामा मृत्यु शुन्य रहेको छ ।

अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका संक्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । बाँकेको भेरी अस्पताल र शिक्षण अस्पताल मध्य र सुदुरपश्चिमका विरामीहरुका लागि रेफरल अस्पताल हो । अन्य जिल्लावाट बाँकेमा उपचारका लागि आउने गर्छन ।

बबाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ ।पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार सङ्क्रमितको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *