आफैले पार्टी निस्कासन गरेका माधवलाइ ओलीले ‘सरम छैन’ भन्दै दिए …

आफैले पार्टी निस्कासन गरेका माधवलाइ ओलीले ‘सरम छैन’ भन्दै दिए दनक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु इतिहासमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध गठबन्धन गर्ने लगायतको कामप्रति माधव – झलनाथ लगाएत अन्य एताहरुसंग असन्तुष्टि पोख्दै यसो बताएका हुन् ।

ओली नेता माधवकुमार नेपालप्रति खनिएका छन्। नेता नेपालले आफ्नो नेतृत्वको सरकार ढाल्ने गतिविधि गरिरहेकोले उनले असन्तुष्टि जनाएका हुन्। ‘आफ्नो सरकारविरूद्ध विश्वासको मत नहाल्ने? अर्को सरकार बनाउन त्यहाँ पुग्ने? समर्थन गर्न पुग्ने?,’ बालुवाटारमा आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति लक्षित गर्दै ओलीले भने।

‘तिनले कहाँ–कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । सरम छैन,’ प्रधानमन्त्री ओलीले भने ।

देउवासँगै संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री दावी गर्न नेत नेपाल आफू पक्षका सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएका थिए। राजनीतिक दल र तीनका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको प्रधानमन्त्री ओलीले बताए ।

आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको टिप्पणी गरे ।

जहाँ न्याय हुँदैन, त्यहाँ समानता हुन नसक्ने बताउनुहुदै उनले आज पनि समानताको कुरा गर्दा कतिपयले कान टक्टकाउने गर्ने गरेको बताए । अरुलाई अनावश्यक कुरा बोल्ने जस्ता कु–संस्कार समाजका लागि हानिकारक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसका लागि सामाजिक, आर्थिक र वैचारिक परिवर्तन हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *