मन्त्री थापाको पद ध’रा’प’मा, फौजदारी अ’प’रा’ध

मन्त्री थापाको पद ध’रा’प’मा, फौजदारी अ’प’रा’ध

काठमाडौं । सर्वाेच्च अदालतले मन्त्री पद रहने वा नरहने भन्ने विषयमा छलफल गर्न कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बोलाएको छ ।

सरकारी कागजात किर्ते प्रमाणित भई फौजदारी सजाय पाएका थापाको मन्त्री पद ब’दर गर्न माग गर्दै मंगलबार दायर रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले छलफलका लागि उनलाई जेठ ३० गते अदालत उपस्थित हुन आदेश दिएको हो ।

साथै सर्वाेच्च अदालतले प्रदेश प्रमुखको कार्यालय, मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय र मन्त्री थापासमेतलाई १५ दिनभित्र कर्णाली प्रदेशका मुख्य न्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ दिनसमेत भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *