जनसंख्यामा भारतले जित्ने भएपछि चीनले नीति परिवर्तन गर्यो

काठमाडौं । निटक भविष्यमा चीनको जनसंख्या कम हुने आंकलनबीच एक खुःशीको खबर आएको छ ।हालै आएका केही रिर्पोटहरुमा चिनियाँ युवाहरुमा विवाह गर्न र बच्चा जन्माउने कुरामा कुनै रुची नभएको भनिएको थियो ।

तर अब चीनले घोषणा गरेको छ कि दम्पतीहरुलाई अब तीन जना बच्चाहरु जन्माउन अनुमति दिइनेछ । यसको साथ दुई सन्तान नीति समाप्त भएको छ ।
चीनको सरकारी एजेन्सी शिन्हुआका अनुसार यो परिवर्तनलाई सत्तारुढ कम्युनिष्ट पार्टीको पोलिटब्युरोले अनुमोदन गरेको थियो ।त्यसैलाई पछि राष्ट्रपति शी जिनपिङले अनुमोदन गर्नुभएको हो ।

यो निर्णय यस्तो अवस्थामा आएको छ जब एक दशकमा चीनमा हुने जनगणनाले त्यहाँको जनसंख्या विगत केही दशकहरूमा सब भन्दा कम गतिमा बढिरहेको भनेको थियो ।जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो । भारतले जनसंख्यामा जित्ने देखिएपछि चीनले जनसंख्या बढाउने प्रयास थाल्यो ।

कुनै समय जनसंख्या वृद्धिदर सबैभन्दा उच्च दर रहेको चीनमा पछिल्लो समय कमी भएको थियो । सरकारले नै दुई सन्तान भन्दा बढी जन्माउनेलाई कारबाही गर्ने कानून ल्याएको थियो । त्यो भन्दा अघि एक जना मात्र जन्माउन पाउने नियम थियो ।

यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । त्यो भन्दा अघि एक जना मात्र सन्तान जन्माउनुपर्ने हुन्थ्यो । यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग गरेन ।

उक्त नीतिको दुई वर्ष जन्मदरमा केही वृद्धि देखिए पनि त्यसमा पुनः गिरावट देखिएको हो । चीनमा अहिले एक अर्ब ४३ करोड मात्र जनसंख्या छ । भारतमा एक अर्ब ३८ करोड पुगिसकेको छ । अमेरिकामा ३३ करोड १० लाख रहेको छ भने शीर्ष ४ भित्र रहेको इन्डोनेसियामा २७ करोड ३५ लाख छ । एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *