जसपाबाट उपप्रधानसहित यी मन्त्री ८ र २ राज्यमन्त्री [ नामावलीसहित ]

जसपाबाट उपप्रधानसहित यी मन्त्री ८ र २ राज्यमन्त्री [ नामावलीसहित ]

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा जाने निश्चित भएको छ ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई दलको छलफलमा ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनाउनेगरी मन्त्रालय नै भागबण्डा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका माग सम्बोधन गरेकाले सरकारमा सहभागी हुनका लागि जसपाको ठाकुर र महतो तयार भएको हो ।हामी सरकारमा जान्छौ, कुन–कुन मन्त्रालय दिने टुंगो लगाउनुहोस् भन्दै महन्थ र राजेन्द्र बालुवाटार पुगेका थिए ।उनीहरुले गृह मन्त्रालयसहित ८ मन्त्रालय र २ राज्यमन्त्री मागेका थिए । तर प्रधानमन्त्री ओलीले गृह दिन मानेन् । तर ८ मन्त्रालय र २ राज्यमन्त्री दिन ओली सहमत भएका छन् ।

जसपा एक सांसदका अनुसार सरकारमा जान आठ मन्त्री र दुई राज्यमन्त्रीको माग गरिएकोमा प्रधानमन्त्री सहमत भएको र दुवै पक्षबाट मन्त्रीको टुङ्गो लगाएर आज बेलुकी वा भोलिभित्र शपथ गराउने तयारी छ । प्रधानमन्त्रीलाई मन्त्रीहरुको सूची गइसकेको छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्रीले सूची पठाउनेछन् ।

सूचीमा महतोसहित लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, अनिल झा, राज किशोर यादव, चन्दा चौधरी, उमाशङ्कर अग्ररिया, इबाल मिँया, विमल श्री वास्तव रहेको एक सांसदको भनाइ छ ।

अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइसकेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता विधेयक पनि पास गरेकी छन् । जुन जसपाको प्रमुख मुद्दा रहँदै आएको थियो ।

आजको बालुवाटार छलफलमा ठाकुरसहितका नेताहरू सहभागी थिए । जसपा सरकारमा सहभागी हुन तयार नै रहे पनि एक–दुई दिन अझै समय लाग्ने एमाले स्रोतको दावी छ । जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित भइसकेको छ । तर भोलिसम्म चै लाग्छ की एक एमाले नेताले बताए ।

पार्टीभित्र सर्वसम्मत निर्णय बनाउने वा कार्यकारिणी समितिमा पनि बहुमत जुटाएर निर्णय गर्नका लागि ठाकुर पक्षले समय मागे छ । नामावली प्रधानमन्त्रीलाई आइसकेको छ ।

तर त्यो नाम अब पार्टीबाट निर्णय गराएर नै ल्याउँछौ भन्दै जसपाका नेता बालुवाटार बाहिरिएका थिए । एकले अर्को पक्षलाई कारवाहीको तयारी गरेका बेला कानुनी रुपमा पनि दल विभाजन हुँदा आधिकारिकता पाएर सरकारमा सहभागी हुन खोजेको जसपाका नेताहरूले बताएका छन् ।

बालुवाटारमा आज भएको छलफलमा एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी थिए । त्यस्तै जसपाबाट अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए । नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *