प्रेमीले आ’त्म’ह’त्या गरेपछि गाउँलेले ज’ब’र’ज’स्ती ला’शको हातबाट प्रेमिकाको सिउँदोमा सिन्दूर हालिदिए

प्रेमीले आ’त्म’ह’त्या गरेपछि गाउँलेले ज’ब’र’ज’स्ती ला’शको हातबाट प्रेमिकाको सिउँदोमा सिन्दूर हालिदिए

भारतको पश्चिम बंगालको बर्दवानमा गाउँलेहरुले मरिसकेका प्रेमीको ला’श’को हातबाट प्रेमिकाको सिउँदोमा सिन्दूर हालिदिएका छन् । भारतीय मिडियाका अनुसार ती प्रेमीले झु’ण्’डि’एर आ’त्म’ह’त्या गरेका थिए । यो घटनाबाट रिसाएका स्थानीयले जबरजस्ती मृ’तक प्रेमीको हातबाट प्रेमिकाको सिउँदो भरिदिएका हुन् । यो घटनाको भिडियो भाइरल भएपछि पुलिसले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

जानकारकिा अनुसार यी प्रेमी–प्रेमिका फरक फरक धर्मका थिए । दुवैका परिवार यो बिहेका लागि तयार थिए तर उनीहरु नाबालिग भएकोले किशोरीकी आमा यो बिहेका लागि तयार भइनन् । यही कारण प्रेमी जोडीबीच विवाद भयो र प्रेमीले आ’त्म’ह’त्या गरे । आ’त्म’ह’त्या गर्नुभन्दा पहिले किशोरले फोनमा प्रेमिकासँग कुरा गरेका थिए । फोनमा उनले प्रेमिकालाई आफूले आ’त्म’ह’त्या गर्न लागेको बताएका थिए । उनले प्रेमिकालाई ह्वाट्सएपमा फोटो पठाएर आ’त्म’ह’त्या गरे ।

घटनाको जानकारीपछि पुलिसले शवको मुचुल्का उठाएर पोस्टमार्टमको लागि पठाएको थियो । पोस्टमार्टमपछि पुलिसले किशोरको श’व परिवारलाई दियो । तर, जब श’व गाउँ पुग्यो त्यसपछि वि’वा’द फेरि सुरु भयो । बताइए अनुसार गाउँलेहरुले यस विषयमा किशोरी र उनकी आमालाई दोषी भन्दै दुवैलाई कु’ट’पि’ट गरेका थिए । गाउँलेले उनीहरुलाई ज’ब’रज’स्ती घरबाट उठाएर श’व भएको ठाउँमा लिएर गए त्यसपछि किशोरको ला’शको हातबाट किशोरीको सिउँदोमा सिन्दूर हालियो ।

किशोर बर्दवानको कांटापुरका भएको बताइएको छ । छिमेकीहरुका अनुसार किशोरीलाई आफ्ना प्रेमीले आ’त्म’ह’त्या गर्न लागेको थाहा थियो । उनीसँग किशोरकी आमाको फोन नम्बर पनि थियो तर पनि उनले आ’त्म’ह’त्या गर्न लागेको खबर परिवारलाई दिइएन । समयमै परिवारले थाहा पाएको भए किशोरलाई बचाउन सकिने गाउँलेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *