बिराटनगरको एकै परिवारका चार जना अस्पताल भर्ना, तीनको मृत्यु ! दागवत्ती दिने समेत कोही भएन

महामारीले कसरी परिवारलाई तहस नहस पारेको छ भनेर बिराटनगरको एक परिवार उदाहरण भएको छ । रोग पुुष्टि भएपछि अस्पताल भर्ना भएका चार मध्ये तीन जनाको मृत्यु भै सकेको छ । एक जना उपचाररत छन् । मृत्यु भएका अभिभावकको शवमा दागवत्ती दिने नै अस्पतालमा भर्ना भएपछि अन्तिम संस्कार नै प्रभावित भएको छ ।

महामारीले परिवारलाई नै संक्रमित मात्रै नभई पालैपालो मृत्युको मुखमा पु¥याएपछि विराटनगर–१ उक्त परिवारको यस्तो कहालीलाग्दो अवस्था बनेको हो । घर भित्रैका तीनजना अभिभावकको मृत्यु भएपछि आफन्त र छरछिमेकी समेत स्त ब्ध भएका छन् ।

तीन जनाको मृत्यु भईसकेको घरमा छोराको समेत अहिले अस्पतालमा उपचार भईरहेको छ । मृत्यु भएका हजुरआमा, बुबा र आमालाई दागवत्ति दिने छोरा समेत अस्पतालमा उपचाररत रहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *