यो हो यार्सागुम्बा टिप्नेको भीड, एक महिलाको मृत्यु, यार्सागुम्बाले के–केसम्म गर्छ ?

काठमाडौ । अहिले हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्नेको घुईचो छ । गाउँलेहरु यार्सागुम्बा टिप्न पाटन तर्फ उक्लिएका छन् । अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनकै क्रममा मृत्यु भएको खबर छ।

यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो। यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो। दुई–तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन्। मृतकको लाशलाई आइतबार घर ल्याइएको छ।

मृतकका दुई छारा र दुई छोरी छन्। यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो।

के हो यार्सागुम्बा ?
यार्सा गुम्बा एक बहुमुल्य जडिबुटि हो । लामा भाषामा यार्साको अर्थ आधाजीव र गुम्बाको अर्थ आधा विरूवा वा बुटी (हर्बस्भ) हुन्छ । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् ।

यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अङ्ग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord “club”, ceps “head” र चिनीयाँ भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो । यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो ।

यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्साकुन्भु तथा यार्सागुन्बु भनिन्छ । यार्सागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन ।

सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि. जति लामो हुन्छ । यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन ।

समुद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ ।

यसलाई यौ’नश’क्तिब’र्ध’क र स’र्वगु’ण स’म्पन्न टनिकको रूपमा लिइएको छ । पु’रु’ष न’पुंस’क’ता र अ’जी’र्ण अ’पचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन गरिन्छ । बी’र्य’मा शु’क्रा’णुको सं’ख्या’ ब’ढाउ’न र शु’क्रा’णुला’ई स्व’स्थ्य’ रा’ख्न अ’ण्ड’ र डि’म्बा’श’यको ख’रा’बी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ ।

स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ । हाल यार्सागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ ।

नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार हो। यार्सागुम्वा सन् २००१ सम्म व्यपारिक प्रयोजनमा थिएन र मुल्यपनि थिएन। २८ लाख सम्म पर्छ यसको गुणस्तर कम हुदा मुल्य पनि कम हुन्छ ।

अहिले १ न को यार्सा प्रतिलिको २८ लाख नेपाली रुपैया पर्छ । अत्यन्त महङ्गो मूल्य बिक्री हुने यार्सागुम्बालाई नेपालमा येल्लो लिभिङ गोल्ड (अंग्रेजी:Yellow Living Gold) का रूपमा समेत पहिचान दिन थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *