रहेनन् विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापा

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका विवेकशील नेपाल दलका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको छ ।स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेरमा उपचाररत थापाको केही बेरअघि निधन भएको थापाको पारिवारिक स्रोतले जनाएको छ ।

पत्नीको हस्ताक्षरपछि थापाको शवलाई भेन्टिलेटरबाट बाहिर निकाल्ने तयारी गरिएको छ । अस्पतालले केही बेरमा विज्ञप्ति जारी गर्ने भएको छ ।थापालाई श्वासप्रश्वासको समस्या भएपछि करिब दुई साताअअघि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । तर, त्यहाँ आइसीयू उपलब्ध नभएकाले वीरेन्द्र सैनिक अस्पतालमा लगियो र १० दिन अगाडि फेरि मेडिसिटी अस्पतालमा सारियो ।

मेडिसिटीको भेन्टिलेटरमा उपचाररत थापाको केही बेरअघि निधन भएको हो । थापाको सोमबार मात्रै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।थापाको निधनपछि परिवारका सबै सदस्य मेडिसिटी अस्पताल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *