नेपालमा पनि तिव्र गतिमा फैलिएको ब्ल्याक फङ्गस ‘कालो ढुसी’ बारे जान्नै पर्ने कुराहरु

नेपालमा पनि तिव्र गतिमा फैलिएको ब्ल्याक फङ्गस ‘कालो ढुसी’ बारे जान्नै पर्ने कुराहरु

काठमाडौ । काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएका केही बिरामीमा कालो ढुसी (म्यूकरमाइकोसिस) को पनि सङ्क्रमण पुष्टि भएको छ ।कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको सङ्क्रमण नेपालमा केही व्यक्तिमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकामा यो रोग बिरलै देखिए पनि सङ्क्रमण पुष्टि भएकामा गम्भीर र प्रा’णघा’तक पनि हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

‘कालो ढुसी’ बारे जान्नै पर्ने कुरा अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने गर्छ ।आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकबाट र’गत ब’ग्ने, बाक्लो सिँगान आउने, आँखाको ढकनी सुन्निने र आँखा धमिलो देखिने, दाँत दुख्ने लगायतका लक्षण देखिन्छ । ४५ देखि ६५ वर्ष उमेर समूहका मानिस यो रोगको उच्च जोखिममा रहन्छन् ।

मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू र धेरै खालका एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गरेकाहरू पनि यो रोगको जोखिममा हुन्छन् ।

कसरी ध्यान दिने ?यो रोगबाट बच्नका लागि घरमा आइसोलेशनमा बस्दा विभिन्न खालका उपाय अपनाउनुपर्ने डाक्टरहरूले बताएका छन् ।

सफा र सुख्खा मास्क प्रयोग गर्ने डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने व्यक्तिगत स्वच्छतामा ध्यान दिने घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने धेरै धुलो वा ओसिलो ठाउँमा नजाने नुनिलो पानीले नाक सफा गर्ने जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको सेवन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *