गण्डकी प्रदेशमा एमालेका सांसद बोल्दा बोल्दै सभामुखले रोके, अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन

गण्डकी प्रदेशमा एमालेका सांसद बोल्दा बोल्दै सभामुखले रोके, अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन

काठमाडौ । गण्डकी प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले दुई दिन अघि प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । प्रतिपक्षी दलका सांसदले छलफलमा भाग लिए पनि सिद्धान्त र प्राथमिकतामाथि कुनै धारणा राखेका छैनन् ।

विश्वासको मत प्राप्त गर्न बाँकी रहेको अल्पमतको सरकारले बजेट ल्याउन नपाउने र सिद्धान्त तथा प्राथमिकताको पनि औचित्य नभएको भन्दै उनीहरु उक्त विषयमा प्रवेश नै नगरेका हुन् । बरु छिटो भन्दा छिटो यो सरकारले बैधानिकता लिनुपर्नेमा जोड दिएका छन् ।

अभिब्यक्ति दिने क्रममा गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले बोलेको कुरालाई संसदको रेकर्डबाट हटाइएको छ। सांसद गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेपछि सभामुखले उनको भनाई सदनको रेकर्डबाट हटाउने निर्णय गरेका हुन्।

सांसद गुरुङले सदनमा बोल्ने क्रममा भनेका थिए, ‘विद्धान माननीयज्यूहरुबाट नैतिकताको कुरा बारम्बार उठाइएको छ, दुईदिनसम्म कुरा उठाइएको छ। म नैतिकता, व्यवहारको बारेमा, इमान्दारितताको बारेमा प्रश्न उठाइदिने माननीयज्यूहरुलाई धन्यवाद दिन चाहन्छु। नैतिकताको मापन गर्ने यन्त्र भनेको जनता जस्तो लाग्छ मलाई।

हामीले वैशाख १३ गते अविश्वासको प्रस्तावमा मतदान गर्न बोलाएको हैनरु किन बैठक बोलाएको माननीयज्यूहरुरु अविश्वासको प्रस्तावमा छलफल गर्न हैन, कार्यसूचीमा हालिसकेको विषय, कार्यसूचीमा आइसकेको कार्यक्रमलाई एकाएक सत्ता पक्ष वा सरकारले स्थगित गरेको होरु सूचना टाँस गरेको होरु के यसमा कार्यव्यवस्थामा बस्नेहरुले राजीनामा दिनुपर्दैनरु त्यो को–कोले राजीनामा दिनुपर्दैन, वैधानिकताको कुरा।।।।’

उनले यसो भनिरहँदा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभामा नियमावलीलाई ख्याल गरेर बोल्न निर्देशन गरे । त्यसपछि सांसद गुरुङले प्रसंग फेरेका थिए । गुरुङले बोलेर सकेपछि सभामुख अधिकारीले सदनमा बोलिएका विवादित विषयलाई रेकर्डबाट हटाइने र अब आइन्दा माननीयहरु नियमावलीको अधिनमा रहेर बोल्नुहोला भन्दै निर्देशन दिएका थिए ।

वैशाख १५ गते सदनमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही उपस्थित नभएपछि जनमोर्चाले आफ्नो सांसद हराएको भन्दै संसद सचिवालयमा निवेदन दिएको थियो। त्यही निवेदनको आधारमा सभामुखले सदन स्थगित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *