वडाध्यक्षलाई प्रहरीले दु’र्व्य’व’हार गरेको भन्दै वडा कार्यालय बन्द

दाङ — घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेलाई प्रहरीले दु’र्व्य’व’हार गरेको भन्दै बुधबार घोराहीका सबै वडा कार्यालय बन्द गरिए ।जनताको काममा हिँड्दा पनि जनप्रतिनिधिलाई सडकमा दु’र्व्य’व’हार गर्नु गलत भएको भन्दै बुधबार घोराहीका १९ वटै वडा कार्यालय बन्द गरिएका हुन् ।

मंगलबार बेलुका कोरोना संक्रमित बिरामीका लागि अक्सिजनको जोहो गर्न बाहिर निस्केका बेला जिल्ला प्रहरी कार्यालयअगाडि प्रहरीले स्कुटर रोकेर राखिदिएको वडाध्यक्ष पाण्डेले बताए । परिचयपत्र देखाउँदा पनि पासबिना स्कुटर चलाउन नपाइने भन्दै प्रहरीले रोकेको उनले सुनाए । प्रहरीले ‘प्रहरी मेरो साथी’ भन्ने नारा दिए पनि व्यवहारमा त्यस्तो व्यवहार हुन नसकेको उनले गुनासो गरे ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालसहित १३ वडाका अध्यक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गरी दु’र्व्य’व’हार गर्ने प्रहरीमाथि का’र’बा’हीको माग गरेका छन् । महामारीको बीचमा जनताको काममा खटिएका जनप्रतिनिधिलाई हतोत्साहित नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

यसैगरी, तुलसीपुर उपमहानगरपालिकाका १० वडाध्यक्षले पनि प्रेस विज्ञप्ति जारी गरी घ’ट’नाप्रति दुःख व्यक्त गरेका छन् । निषेधाज्ञाका क्रममा नयाँ प्रहरी अधिकारी फिल्डमा खटेको र वडाध्यक्षलाई नचिनेर सोधपुछ गरी स्कुटर रोकेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

आफूले थाहा पाउनेबित्तिकै वडाध्यक्षलाई फोन गरेर घटनाबारे छलफल गर्न खोजे पनि उनी सम्पर्कमै नआएको उनको भनाइ छ । प्रहरीले आफ्नो कर्तव्य पालनाका क्रममा रोके पनि ठूलो विषय नभएको र यसलाई अनावश्यक चर्काउनु उचित नहुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *