नेकपा विवाद समाधानका लागि वरिष्ठ नेता झलनाथ खनालले नयाँ उपाय खोजे

नेकपा विवाद समाधानका लागि वरिष्ठ नेता झलनाथ खनालले नयाँ उपाय खोजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र देखिएको आन्तिरक विवाद समाधानका लागि वरिष्ठ नेता झलनाथ खनालले नयाँ उपाय खोज्नु भएको छ ।पार्टीमा भएका बरिष्ठ नेताहरु (अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, नेता खनाल स्वंयम) पनि ७० वर्ष हाराहारी पुगेको भन्दै यस्तो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने धारणा राख्नुभयो ।बिहीवार केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्दै नयाँ पुस्तालाई पार्टी जिम्मा लगाउनुपर्ने उल्लेख गर्नुभयो ।

अब आफुहरुले छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्ने उहाँको बुझाई रहेको छ । भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार आफ्नो पुस्तालाई बिदा गर्न युवाहरुसँग उहाँले आग्रह गर्नुभएको छ ।केही काम दिए आफुहरु गर्न तयार भएको भन्दै नेता खनालले भन्नुभयो, ‘तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु बढ्नुपर्छ ।’एमाले धार निर्माणका संस्थापक नेता खनालले पटकपटक गरी एक दशक बढी पार्टीको नेतृत्व गरिसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *