जसपाको ठाकुर पक्षले टुंगो लगाएका नाम आजै प्रधानमन्त्रीलाई दिने,यि यि हुन् मन्त्री बन्छु भन्नेहरु

जसपाको ठाकुर पक्षले टुंगो लगाएका नाम आजै प्रधानमन्त्रीलाई दिने,यि यि हुन् मन्त्री बन्छु भन्नेहरु

काठमाडौ । लामो समय देखि सरकारमा सहभागी हुन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग सम्बादमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागीहुनेहरुको नाम शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने भएको छ ।

सरकारमा जाने लगभग पक्का भएको बताउँदै सो समुहका नेता शरतसिंह भण्डारीले शुक्रवार नै सबै टुंगो लगाउने जानकारी दिएका छन् ।ठाकुरले दिने नामहरुका बारेमा सहमति जुटे आजै सरकारमा सहभागी हुनसक्ने पनि उनले बताएका छन् । जसपाले २ राज्यमन्त्री र ८ मन्त्रीमा आफ्नो दावी पेश गरेको छ ।

मन्त्री बन्न चाहनेहरुको लिष्ट लामो भएकाले टुंगो लगाउन समय लागेको थियो । अब लगभग नामका बारेमा टुंगो लागेको सो पार्टीका एक नेताले बताएका छन् । जसपाले गृहमन्त्री सहित ८ मन्त्रालयमा आफ्नो दावी पेश गरेको हो । तर गृहमन्त्रालयका बारेमा प्रधानमन्त्रीले के निर्णय गर्छन् त्यसवारे थाहा नभएको जसपाका नेताहरुको भनाई छ ।

आज एक बजे सरकारको विषयमा प्रधानमन्त्री ओलीसँग ठाकुर लगायतका नेताहरुले छलफल गर्ने समय तय भएको छ । जसपाबाट पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो ।

मन्त्रीहरुको आकांक्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा।सुरेन्द्र झा, उमाकान्त झालगायतका रहेका छन् । गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *