नेपालमा आउने मनसुनी प्रणाली केरला आइपुग्यो, कहिलेदेखि लगातार बर्षा ? [ सूचनासहित ]

काठमाडौ । नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको छ ।नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ ।यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद् मानन्धरले बताउनुभयो ।यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समयमै सुरु हुने मनसुन चार महिनासम्म रहने छ ।अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।अहिले पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको समय भएकाले दिउँसोपख केही ठाउँमा सामान्य पानी पर्ने भए पनि अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मिति: २०७८-०२-२१ बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।हाल मौसमको अवस्था (Present Weather Status): हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान२०७८ जेठ २१ गते (शुक्रबार) दिउँसो: प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २२ गते (शनिबार) दिउँसो: प्रदेश १ र लुम्विनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २३ गते (आइतबार) दिउँसो: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) पहाडी भूभागका एक दुइ स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *