यस्तो बन्ने भयो ओली सरकारको १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

यस्तो बन्ने भयो ओली सरकारको १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित) सुची अन्तिममा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

जसपाबाट उपप्रधानमन्त्रीसहित आठजना मन्त्री र दुईजना राज्यमन्त्रीसहित १० जनालाई साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने तय भएको छ । महिला तथा समाजकल्याण मन्त्रीका रुपमा शपथग्रहण गर्न जान लागेकी जसपा नेतृ चन्दा चौधरीले मन्त्रीपरिषद् बिस्तार हुन लागेको जानकारी दिँदै आफूलाई शपथग्रहणका लागि बोलाइएको बताइन् ।

जसपा नेता डा. सुरेन्द्रकुमार झाका अनुसार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच आज बालुवाटारमा भएको वार्तामा सरकारमा जाने सहमति भएको बताए । उनका अनुसार उपप्रधानमन्त्रीको हैसियतमा वरिष्ठ नेता राजेन्द्र महतो शहरी विकास मन्त्री भएका छन् ।

आफैंले चुनाव घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गर्न लागेका हुन् । महन्थ ठाकुर पक्षका जसपाका ८ नेतालाई मन्त्री र दुईजनालाई राज्यमन्त्रीमा सपथ खुवाउने तयारी छ ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :
प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन। विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकासरघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *