दुःखद खबर : नेपालमा पहिलपटक कोरोना संक्रमणबाट मन्त्री काे नि’धन !

दुःखद खबर : नेपालमा पहिलपटक कोरोना संक्रमणबाट मन्त्री काे नि’धन !

कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृ’त्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृ’त्यु भएको हो ।उच्च रक्तचाप र मधुमेहबाट पीडित उहाँ कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बि’ग्रँदै गएर नि’धन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् हिजो मन्त्री बनेकाहरूको नयाँ–नयाँ रेकर्ड
काठमाडौं : कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । यो मन्त्रीमण्डलमा अधिकांश मधेशी मूलका मन्त्रीहरू बनेका छन् । नयाँ मन्त्रीहरूको नयाँ–नयाँ रेकर्ड समेत बनेको छ ।

संविधान निर्माणपछि २०७२ मा विभेदकारी संविधान भन्दै सीमा नाकामा धर्ना बसेर नाकाबन्दी गर्ने र संविधान जलाउने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो यही संविधान अन्तर्गत उपप्रधान तथा सहरी विकासमन्त्री बनेका छन् । पाँच पटक मन्त्री बनिसकेका महतो पाँचौ पटकमा उपप्रधानमन्त्री बनेका छन् । अर्कोतर्फ, १५ पटक मन्त्री बन्दा पनि शरत् सिंह भण्डारी अहिलेसम्म मन्त्रीमै सीमित छन् । उनको बढुवा हुन पाएको छैन ।

त्यस्तै परराष्ट्रमन्त्री रघुवीर महासेठको परिवारबाट श्रीमान्–श्रीमति आलोपालो मन्त्री बनिरहेका छन् । प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारमा महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । मन्त्रीमण्डल पुनर्गठनमा उनी हटे तर यसअघिको मन्त्रीमण्डल पुनर्गठनमा उनकी श्रीमति जुली महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनिन् ।

त्यस्तै, उपमेयरमा ९९ मत प्राप्त गरेकी रेणुका गुरुङ्ग महिला, बालबालिका राज्यमन्त्री बनेकी छिन् । जसपाभित्रको शक्ति सन्तुलनमा महन्थ ठाकुरलाई सघाएकाले उनी राज्यमन्त्री बनेको बताइएको छ ।

खानेपानी तथा सरसफाइमन्त्री बनेका अनिल झालाई ओली नेतृत्वकै सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक आयोगले विराटनगर जुटमिल घोटालाका दोषी करार गरी मुद्दा चलाउन सिफारिश गरेको थियो । ओलीले उल्टै उनलाई मन्त्री बनाइदिएका छन् ।

अर्थमन्त्रीबाट बढुवा भएका विष्णुप्रसाद पौडेल सरकारका वरिष्ठतम उपप्रधानमन्त्री बनेका छन् । यसअघि नेकपा एमालेबाट अर्थमन्त्री बनेका भरतमोहन अधिकारी उपप्रधानसहित अर्थमन्त्री बनेका थिए । मन्त्री पौडेलको भने अर्थमन्त्री बनेर आएयता तीनपटक सपथ ग्रहण भैसकेको छ । यसअघि वैशाख २७ मा संसदमा विश्वासको मत गुमाएपछि वैशाख ३१ म राष्ट्रपतिले संसदमा बहुमत प्राप्त दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । नयाँ सरकार बन्दा पनि ओलीले त्यसअघिकै मन्त्रीहरूलाई सोही पदमा सपथ ग्रहण गराएका थिए । प्रधानमन्त्री आफैं पनि राष्ट्रपतिले सपथ ग्रहण गराउँदा सपथमा उल्लेखित ‘प्रतिज्ञा गर्छु कि’ भन्ने शब्दावली उच्चारण गर्नुको सट्टा ‘त्यो पर्दैन’ भनेर चर्चामा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *