गोर्खा सेनाको नाम बेचेर एसरी सहयोग माग्दै ओली

गाह्रो भइसक्यो, गोर्खा सेनाको योगदान सम्झिएर बेलायतले खोप सहयोग दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली गोर्खा सेनाको योगदान सम्झिएर बेलायतले कोरोना खोप सहयोग दिनुपर्ने प्रस्ताव राख्नुभएको छ ।आज बेलायती समकक्षी बोरिस जोन्सनसँग उहाँले नेपाललाई कोरोना खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको दावी गर्नुभयो ।‘म बेलायत सरकार र विशेषगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले भोगिरहेको समस्याबारे जानकारी दिन चाहन्छु,’

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुको योगदानका कारण बेलायतले कोभिड सहयोगमा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।’ यो हामी नेपालीको अपेक्षा हो ।प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा कोरोना नियन्त्रण आउने नत्र नियन्त्रणमा कठिन हुने समेत उल्लेख गर्नुभयो ।

यो उहाँको कठिन अवस्था आयो भन्ने स्वीकारोक्ति दोस्रो पटक हो । प्रधानन्त्रीले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले खोपका लागि सिधै आग्रह गरिएको समेत जानकारी दिनुभयो ।‘गोर्खा सैनिकहरुले उहाँहरुको जीवनलाई नै खतरामा राखेर धेरै वर्षदेखि बेलायतको रक्षामा डटिरहनुभएको’ ओलीको भनाइ छ ।

‘बेलायतमा काम गरिरहेका धेरै गोर्खा सैनिकका परिवार नेपालमा हुनुहुन्छ, त्यसैले दुई मुलुकको बीचमा बलियो कनेक्सन छ ।’ यो बेलायतले सम्झिनुपर्छ उहाँले भन्नुभयो ।प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्रीसँग खोपका लागि आग्रह गरेपछि बीबीसीले बेलायतका विदेश मन्त्रालयसँग पनि कुरा गरेको छ ।बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोराना महामारीसँग लड्न बेलायत नेपालसँगै रहेको उल्लेख गर्नुभएको छ ।

विदेश मन्त्रालयका प्रवक्ताले स्वास्थ्य सामाग्रीहरु नेपालमा पठाउने मुलुकहरुमध्ये बेलायत अग्रपंक्तिमा रहेको जानकारी दिनुभयो ।विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स मार्फत नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिनुभयो । बीबीसीको यो कभरेज नेपालका लागि निक्कै उपलब्धि मुलक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *