नेपालमा २४ घण्टामा कोरोनामुक्त हुने संख्या अहिले सम्मकै सबैभन्दा उच्च

नेपालमा २४ घण्टामा कोरोनामुक्त हुने संख्या अहिले सम्मकै सबैभन्दा उच्च

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा एकैदिनमा कोरोनामुक्त हुने संख्या अहिले सम्मकै सबैभन्दा उच्च पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार २४३ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा आठ हजारभन्दा बढी कोरोनामुक्त भएसँगै नेपालमा हालसम्म चार लाख ८४ हजार ३७३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८५ हजार १०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७१ नमूना परीक्षण गरिएको छ । सोही अबधिमा पाँच हजार ३४३ एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ५०२ को रिपोर्ट पोजेटिभ आएको छ ।मन्त्रालयले पछिल्लो २४ घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार ७९९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *