उपप्रधानमन्त्री महतोले फिर्ता लिएनन् संविधान विरोधी अभिव्यक्ति, उल्टै दिए यस्तो स्पष्टीकरण

उपप्रधानमन्त्री महतोले फिर्ता लिएनन् संविधान विरोधी अभिव्यक्ति, उल्टै दिए यस्तो स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले विवादित बयान पुनः दोहोर्याउनु भएको छ ।उहाँले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।

शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरूलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले यस्तो बयान दिनु भएको हो ।उहाँका अनुसार नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशको जनताको सहभागिता हुनुपर्छ ।

नेपाल बहुलताले भरिएको देश भएको भन्दै एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँको तर्क छ ।बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले प्रष्ट पार्नुभयो ।मन्त्री महतोले हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुने व्यवस्था आवश्यक भएको उहाँको बुझाई रहेको छ ।

नेपाल विविधताले भरिएको बहुल राष्ट्रिय राज्य भएको भन्दै उहाँले भन्नुभयो, ‘नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ ।’महतोले विविधताले भरिएको देश एकल हुनै नसक्ने ठोकुवा पनि गर्नुभयो । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन ।

महतोले बहुलता सबैको भएकाले त्यसले मात्र राज्य शासनमा प्रतिनिधित्व हुने बताउनुभयो ।पहिचान सबैको हुनुपर्ने भन्दै यो नभए देशमा जनताले अधिकार र पहिचानका लागि आन्दोलन गर्नेतर्फ उहाँको संकत रहेको थियो ।पदभार ग्रहण गरेलगत्तै पनि सोही अभिव्यक्ति दिएपछि महतोले संविधानविरुद्ध अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना शुरु गरिएको छ । नेकपा एमालेका नेताहरुले पनि विरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *