ललिता निवास प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना, जवाफ नआए अब जग्गा सरकारको नाममा ( हेर्नुस् सूचीसहित)

काठमाडौं /  बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले  सूचना निकालेको छ ।

गोरखापत्र दैनिकामा २१ दिने सूचना जारी गर्दै  भनिएको छ, २१ दिन भित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुनेछ । सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ ।

 

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ ।

ललिता निवास जग्गा प्रकरणले ठूला दलका ठूला नेतादेखि सरकारी कर्मचारी पूर्वमन्त्री लगायतलाई तानेको थियो । तत्कालिन समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार मुद्दा दायर समेत गरेको थियो ।

lalita nibas.jpg

lalita nibas -2.jpg

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *