नारायणकाजी सटुक्कै बालुवाटार छिरेर प्रधानमन्त्री ओलीसँग भने “हामीलाई पनि

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा सुटुक्क भेटेको खुल्न आएको छ ।उनले सुटुक्क भेटेर सत्ता सहकार्यको प्रस्ताव राखेको स्रोतको दावी छ ।

निवर्तमान सहरीविकास राज्यमन्त्री रामवीर मानन्धरले माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीसँग भेटेर सरकारमा सहभागी हुनको लागि प्रस्ताव राखेको जानकारी दिए ।अहिले प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्ध राम्रो छैन ।

दाहाल ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि विस्थापित गर्न लागि परेका छन् ।यसको लागि दाहालले कांग्रेस, नेकपा (एमाले) को माधव कुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चासँग मोर्चा कसेका छन् ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनले सर्वोच्चमा रिट हालेका छन् ।

विपक्षी गठबन्धनबाट १४६ जना सांसद सशरिर अदालत उपस्थित भएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरेका छन् ।यस्तो अवस्थामा माओवादी केन्द्रका नेता श्रेष्ठले भने प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेर सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने प्रस्ताव राखेको खुल्न आएको छ ।

एमाले नेता मानन्धरका अनुसार श्रेष्ठले प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताएका थिए । र, अध्यक्ष प्रचण्डलाई आफूले मनाउनेपनि जिम्मा लिएका छन् ।उनले अहिले प्रधानमन्त्रीले आँफै राखेका मन्त्रालयमा माओवादी केन्द्रका नेताहरु मन्त्री बन्नसक्ने सुनाए ।श्रेष्ठले प्रतिनिधिसभा पूनःस्थापना भएपनि साथ दिने र पूनःस्थापना नभए चुनावी सरकारमा निरन्तर रहने प्रस्ताव ओलीसामू राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *