माधव पक्षका नेतालाई मन्त्री बनाउन ओलीको यस्तो योजना बनाउंदै

विपक्षीहरुको गठबन्धन बलियो बन्दै गएको देखिपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा पर्न थालेका छन् । त्यसैले अब माधव नेपाल पक्षलाई पनि आफ्नो पक्षमा पार्ने नयाँ कसरतमा लागेको देखिएको छ । जसपालाई फुट गराएर केही नेता आफ्नो पक्षमा पार्न सफल भएका ओलीले आइतबार फेरी अर्को निर्णय गरे ।

जसवाट माधव नेपाल समुहमा लागेका केही नेता प्रभावित हुने देखिएको छ । ओली तर्फ अलि नरम देखिएका माधव पक्षका नेताहरु ओलीको आइतवारको निर्णय पछि खेमा परिवर्तन गर्न सक्ने अनुमान लगाइएको छ । ओलीको निर्णय लगत्तै माधव समुहका नेताहरुले दिएको प्रतिकृयावाट पनि बुझ्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले आइतवार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । विहानै समाचारहरुमा आइतवार मन्त्रीपरिषद् विस्तार हुने कुरा सार्वजनिक भइसकेका थिए । तर माधव पक्षमा लागेका र आफु प्रति नरम देखिएकाहरुलाई प्रभावित पार्न ओलीले आफु जेठ २ भन्दा अगाडीको अवस्थामा लैजान सहमत भएको घोषणा गरे ।

उनको यो घषणाले अब राजनीतिमा फेरी नयाँ तरंग उत्पन्न भएको छ । माधव नेकपाल समुह विहानै यसवारे निर्णय गर्न वैठकमा जुटेको छ । माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार नगरेका ओली माधव पक्षको बैठकले के निर्णय गर्छ त्यसको पर्खाइमा छन् ।

प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेकै बेला केही नेताहरुको माधव पक्षलाई समेट्ने अन्तिम प्रयास गरौं भन्ने सुझावका कारण रोकिएको बुझिएको छ ।

​शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको थियो । एमालेका केही मन्त्रीहरुलाई विदा गरिएका कारण ७ वटा मन्त्रालय खाली थिए । खालीमध्ये रक्षा मन्त्रालय आफैंसित राखेर प्रधानमन्त्री ओलीले गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार मन्त्रालयमा आइतबार नयाँ मन्त्री नियुक्त गर्ने योजनामा ओली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *