हङकङमा सुरक्षा गार्डमा काम गर्ने नेपाली एक्लैले उठाए एती धेरै अहिले सम्मकै धेरै पैसा उठ्यो

काठमाडौ । नेपालमा संक्रमितले उपचार र अक्सिजन नपाएर ज्यान गुमाएका खबर सार्वजनिक भएसंगै विदेशमा वस्ने नेपालीहरु जागेका छन् । विभिन्न मुलुकवाट अक्सिजन सिलिण्डर जम्मा पारेर नेपालीले पठाएका छन् । नेपालका संक्रमितका लागि हङकङवासी एक नेपालीले भने एक्लैले डेढ करोड रुपैयाँ जम्मा गरेर सहयोग पठाएका छन् ।n

पर्वत जिल्ला घर भएका आपुन एचके (भोटे) एक्लैले यति धेरै रकम जम्मा गरेका हुन् । उनले नेपालीहरुका लागि हङकङ डलर १० लाख ५ हजार (१,५१, ३४, ०३१ रुपैयाँ) सहयोग जम्मा गरेका हुन् । आफ्ना रोजगारदाता रियल स्टेट व्यापारी प्याट्रिक सेक एक्लैबाट उनले त्यति धेरै सहयोग रकम प्राप्त गरेको बताएका छन् ।

प्राप्त सहयोग रकममध्ये परोपकारी संस्था सावर एक्सनमार्फत संक्रमित नेपालीका लागि ५ सय थान अक्सिजन सिलिन्डर र अत्यावश्यक अन्य सामग्री खरिदमा खर्च गरिने आपुन एचकेले नेपालखबरलाई जानकारी दिए।

जसको १२ वर्ष देखि अंगरक्षकका रुपमा काम गरेका थिए नेपालको खबरवारे उनले आफ्ना साहुलाई त्यो कुरा राखे । उनका साहु यति दयालु रहेछन् की उनले त्यती धेरै सहयोग गरे । सुरुमा त उनलाई त्यती धेरै विश्वास लागेको थिए । ३० हजार डलर जति देलान् भन्ने लागेको थियो तर उनको अनुमान उल्टा निस्कियो ।

सोमबार बिहान बोलाएर १० लाख ५ हजार डलर मेरो हातमा थमाइदिँदा त मलाई सपनाजस्तै लाग्यो’ उनले खुसी हुँदै भनेका छन् । उनी अब त्यो रकम नेपाल पठाउन भरपर्दाे संस्था र माध्यमको खोजीमा छन् । नेपाल खबरवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *