सडकभरि ड्राईभरहरु- घेरे प्रह’री: बर्दीको दा’दागि’री अति भो भन्दै धर्नामै बसे, DSP भन्छन् दु’ख दिएको छैन, (भिडियो हेर्नुहोस)

सडकभरि ड्राईभरहरु- घेरे प्रह’री: बर्दीको दा’दागि’री अति भो भन्दै धर्नामै बसे, DSP भन्छन् दु’ख दिएको छैन, (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
औसतमा दैनिक दुई सय कम्पनी दर्ता हुन्छन्। तर जति कम्पनी दर्ता भएका छन्, सबै सञ्चालनमा छैनन् र खारेजी पनि हुन सकेका छैनन्। कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार दर्ता भएका ७५ प्रतिशतभन्दा बढी कम्पनीले वार्षिक विवरण अध्यावधिक गर्दैनन्।

कम्पनी ऐन २०६३ मा विवरण पेस नगर्ने कम्पनीलाई जरिवानाको स्पष्ट व्यवस्था गरिए पनि अधिकांशले वार्षिक विवरण पेस नगर्ने गरेको पाइएको छ। कार्यालयका अनुसार देशभर २ लाख ५४ हजार कम्पनी छन्।

प्राइभेट कम्पनीमा ६ लाख ७० हजार ७ सय ६२ व्यक्ति संलग्न छन्। कार्यालयका रजिस्ट्रार प्रदीपराज अधिकारीका अनुसार विवरण बुझाउने कम्पनी मुस्किलले २५ प्रतिशत पनि पुग्दैनन्। १ अर्बभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीको संख्या १ सय ६९ छ। एकल स्वामित्वमा रहेका कम्पनी १ लाख ११ हजार छ। प्राइभेट कम्पनीमा १ सय १ जनाभन्दा बढी रहन पाउँदैनन्।

प्राइभेट कम्पनीमा ६ लाख ७० हजार ७ सय ६२ व्यक्ति संलग्न छन्। कम्पनी दर्ताका लागि दैनिक चार सय फाइल रजिस्ट्रार कार्यालयमा पुग्छन्। तर कार्यालयले दुई सयसम्म पनि दर्ता गर्न नसकेको कार्यालयका अधिकारीहरू नै स्वीकार्छन्। कम्पनीमा दैनिक चुक्ता पुँजी १ अर्ब थपिने गरेको छ। कोरोना भाइरस (कोभिड— १९) ले कम्पनी दर्तालगायतका नियमित काम पनि प्रभावित हुन पुगेको छ।

जनशक्तिको अभाव हुनुका साथै कम्पनी प्रशासन प्रविधिमैत्री हुन नसक्दा कम्पनी दर्ता प्रक्रियामा सर्वसाधारणले सधैँ सास्ती पाइरहेका छन्। कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार कम्पनीको चुक्ता पुँजी १ खर्ब ४५ अर्ब पुगेको छ।

दर्ता भएका कम्पनीमध्ये ७५ देखि ८० प्रतिशत कम्पनी पूर्णरूपमा सञ्चालन हुन नसकी ‘सिक’ भएका छन्। गत आर्थिक वर्षमा १८ हजार ६ सय ४३ कम्पनी दर्ता भएकामा पछिल्लो समयमा पनि सोही हाराहारीमा कम्पनी दर्ता भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *