रौतहटमा प्रहरी र स्थानियबीच झ’डप, डीएपीसहित ७ प्रहरी घाइते

रौतहटमा प्रहरी र स्थानियबीच झ’डप, डीएपीसहित ७ प्रहरी घाइते

काठमाडौ । निषेधाज्ञा लागू गराउन प्रहरीले क’डाई गर्दा रौतहटको गरुडामा स्थानिय र प्रहरीबीच झ’डप भएको छ । घटनामा डीएसपीसहित ७ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा लागू गराउन प्रहरीले क’डाई गरेको छ । तर निषेधाज्ञा उल्लंघन रोक्न गरिएको क’डाइकाबीच रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीमा प्रहरी र स्थानीयबीच झ’डप भएको हो ।

गेडहीगुठीमा तीन ओटा विवाहमा भी’डभा’ड गरी डिजे बजाएर निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले हस्तक्षेप गर्दा घटना भएको हो । घटनामा झ’डपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन् ।

घाइते डीएसपीसहित प्रहरीहरुको स्थानीय गरुडास्थित ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धीविक्रम साहले बताए। गत राति अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटमा जिल्ला प्रशासन कार्यालयले अगामी २६ गतेसम्म निषेधाज्ञा जारी रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *