माछा बोक्ने गाडीको पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार

चितवन : माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार गरेको भेटिएको छ । माछा ढुवानी सेवा लेखिएको ना.४ च. ८१४४ नम्बरको बोलेरोमा ३ वटा ड्रम लोड गरी त्यसभित्र ६ जना मानिसहरु लुकाई माडीतिर ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल छरछरेको टोलीले रीउ पुलमाथि भेटेको हो ।m

गाडी साहु र त्यसका ड्राइभर बोलेरो गाडीको अगाडि बसेको तथा अन्य ६ जना ड्रमभित्र लुकेको अवस्थामा भेटिएका थिए । प्रशासनले जरुरी सेवा क्षेत्रमा सुचिकृत गरी माछा ढुवानी समेतलाई निशेधाज्ञाको अवधीमा चल्न दिने बनाएकोमा त्यसलाई दुरुपयोग गर्दै मानिसहरुकै अवान्छित ओसार पोसारमा संलग्न रहेसंगै गाडीमा सवार सबै ८ जनालाई शसस्त्र प्रहरीले ‘भाटा लगाउँदै’ भरतपुरतिरै फर्काइदिएको छ ।

यो पनि, जीप दुर्घटना, दुईको मृत्यु
कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार जीपमा दुईजना मात्र सवार रहेका थिए । निषेधाज्ञाको बेला सो जीप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *