देउवाले बालुवाटारभित्र फेरि उथलपुल ल्याइदिए, ओली तनाबमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

काठमाडौंको बुढानिकलण्ठस्थित निवासमा देउवा र दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको हो । भेटमा तरल राजनीतिक अवस्थामा मिलेर कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श भएको स्रोतले जनाएको छ ।

कांग्रेस सभापति देउवाले माओवादीका अध्यक्ष दाहालसँग भेट गरेर विपक्षी गठबन्धन भत्काउने प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रयासलाई असफल बनाइदिएको चर्चा छ । विपक्षी गठबन्धनको तयारी र योजनाबाट ओली तनावमा छन् । उनले विपक्षी गठबन्धन तोड्न विभिन्न हर्कतहरू गर्दै आएका छन् ।

सभापति देउवासँग भेट गर्नु अगाडि अध्यक्ष दाहालले एमालेका वरिष्ठ नेता माधव नेपालसँग परामर्श गरेका थिए । सोमबार बिहान ११ बजे दाहाल र नेपालबीच कोटेवश्वरमा वार्ता भएको थियो ।दाहाल–नेपालबीच के विषयमा कुरा भएको हो कुनै जानकारी दिइएको छैन ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टी एकताको नाममा छ बुँदे प्रस्ताव वरिष्ठ नेता माधव नेपाल समूहसँग राखेका थिए । त्यो प्रस्तावमा नेपाल समूहलाई ओली प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने प्रस्ताव गरेका थिए ।

ओलीले विपक्ष गठबन्धनलाई कमजोर बनाउने गरेर आफ्ना क्रियाकलाप गरेपछि देउवा, दाहाल र नेपालले अलग–अलग भेटवार्ता र परामर्शहरू गरेका छन् ।उता, माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो कारण एकता नभएको भनि एमालेका अध्यक्ष ओलीले लगाएको आरोपको अस्वीकार गरेका छन् ।ओलीले दाहालका कारण एकताको प्रयास सफल नभएको भन्नु झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका छन् । दाहालले ट्वीट गर्दै आएको आरोप अस्वीकार गरेका छन् ।

आइतबार ओलीले एक प्रस्ताव प्रस्तुत गर्दै सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेको तर दाहालको अनिच्छाका कारण सफल हुन नसकेको उल्लेख गरेका थिए ।‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्न्सना गर्दछु’ अध्यक्ष दाहालले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *