बौद्धमा भेटियो बोरामा हालेको मानिसको खुट्टा, बाँकी शरीर खोज्दै प्रहरी

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्ती नजिक फोहोर फाल्ने गरेको जग्गामा मानिसको घुँडाभन्दा मुनिको भाग फेला परेको छ । उक्त घटनाको विषयमा विस्तृत विवरण खुलिसकेको छैन ।

प्रहरी प्रधान कार्यालकया अनुसार स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी टोलीले बोरामा हालेको अवस्थामा मानिसको खुट्टा फेला पारेको हो ।क्त घटनामा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ ।

अनुसन्धानमा परिसर सँगै प्रहरी वृत्त बौद्ध र महानगरीय अपराध महाशाखाको टोलीसमेत संलग्न छ ।यसैबीच काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट बस्ने ५२ वर्षीया वैष्णवी फुँयाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि, भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् ।पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो ।

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए ।गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *