ओलीलाई भारतसँग विलिन गराउने कनकमणी भनेपछि प्रचण्ड–बाबुरामले ‘रअ’ प्रमुखलाई लेखेको पत्र ल्याए

काठमाडौं । गत जेष्ठ २० गते प्रकाशित कान्तिपुर दैनिकमा हरि रोकाले ‘राजनीतिक प्रणालीमाथि दक्षिणपन्थी घात’ शिर्षक राखेर एक लेख छपाएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी शासक बन्ने लालसा र मोदीको हिन्दुराष्ट्रको आकांक्षाको तगारो ठानिएको छ भनेर राखिएको हाइलाइटसहित उक्त लेख प्रकाशित भयो ।

 

त्यसमा नेपालमा एक चर्चित पत्रकारमाथि पनि गम्भीर आरोप लगाइएको थियो । रोकाले कनकमणि दीक्षितको नाम लिएर लेखेको बुँदामा धेरै कुराहरु उल्लेख गरेका छन् ।नोभेम्बर २०१९ मा भारतले नयाँ नक्सा जारी गर्‍यो र लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रमाथि दाबी गर्यो । नेपालको अभिन्न अंग रहेको यो क्षेत्र सन् १९६२ पछि भारतले मिचेको थियो ।

सत्तास्वार्थका लागि राजा महेन्द्रले आँखा चिम्लिएको लेखक रोकाको आरोप छ । उक्त दाबीपछि ओलीले यसलाई आफ्नो स्थायी रणनीतिसँग गाँस्न खोजेको पनि उनी बताउँछन् ।

रोका अनुसार भारतलाई त्यसका लागि नेपालमा एउटा उपयुक्त व्यक्ति चाहिन्थ्यो । उपयुक्त व्यक्ति भन्नाले जोसँग भाषा होस्, सम्बन्ध राख्न सिपालु होस् र उनको सर्वसत्तावादी आकांक्षालाई सहयोग गर्न हरेक तरिकाबाट तयार हुनसक्ने मान्छे भारतलाई चाहिएको थियो ।कनकमणि दीक्षितमाथि रोकाले लगाएको आरोप के हो भने त्यो चरित्र भारतले उनै दीक्षितमा देख्यो । हरि रोकाको नजरमा दीक्षित दशकौंदेखि माओवादीविरोधी थिए ।

उनले माओवादीले मानवअधिकार थिचोमिचो गरेकाप्रति समय समयमा खेद पनि प्रकट गर्दै आएका थिए । ठुलो आरोप चाँही के भने उनी ‘एलिट’ हरूको अधिकार कटौती गरेर सर्वसाधारणलाई राजनीतिमा समावेश गर्ने कुराले खुःशी थिएनन् ।

लेखक रोकाले कनकमणिलाई नेकपा बनेको कुरा फिटिक्कै मन नपरेको भनेका छन् । अहिले दक्षिणपन्थी अतिवादीहरूका लागि ओली उपयुक्त पात्र देखिएको भन्दै उनले मूर्धन्य पत्रकार दीक्षितलगायत केही पात्र र व्यापारिक घरानाहरू ओली–मोदी मनोकांक्षाबीच तार जोड्न निरन्तर लागेको भनेका छन् ।

जेष्ठ २६ गते उनै लेखक रोकालाई दीक्षितले जवाफ फर्काएका छन् । बुधबारको कान्तिपुर दैनिकमा ‘हरि रोकाको आक्षेपप्रति मेरो प्रतिवाद’ शिर्षक राखेर उनले आफुमाथि लागेका तमाम आरोपहरु खण्डन गरेका हुन् । जवाफ दिने क्रममा दीक्षितले तत्कालिन माओवादी नेताहरुमाथि गम्भीर आरोप पनि लगाएका छन् ।

भारतको नेपालमाथि गुप्तचरीको क्रियाकलापविरुद्ध आफूले लेख्न थालेको करिब दुई दशक भएको बताउँदै उनले प्रचण्ड र बाबुराममाथि गम्भीर आरोप लगाएका छ । दीक्षितले द्वन्द्वकालमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले अनुनय–विनय गर्दै भारतीय गुप्तचर प्रमुखलाई पत्र लेखेको बताएका हुन् ।यस्ता विषयमा सधैं नेपाली र अन्तर्राष्ट्रिय मिडियामा भारतीय खुफिया एजेन्सीको क्रियाकलापविरुद्ध आवाज उठाउँदै आएको उनको दावा रहेको छ ।भारतीय गुप्तचर प्रमुखलाई पत्र लेखेको आरोपपछि पूर्वप्रधानमन्त्री समेत रहेकाजनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिकृया जनाएका छन् । उनले ट्वीटरमार्फत जवाफ दिएका हुन् ।

डा. भट्टराई लेख्छन्, ‘हरि रोकाले पोल खोलेपछि आगो भएका कनकले प्रचण्ड र बाबुराममाथि बि’ष ओ’कल्दै ’भारतीय गुप्तचर प्रमुखलाई लेखेको पत्र’ को हावा कुरा गरेछन् ।त्यस्तो कुनै काल्पनिक पत्र भए मदन पुस्तकालयमा राखे भैहाल्यो । भारतीय सत्तापक्षलाई उसको’दुइखम्बे नीति’छोड्न बाध्यपार्ने माओवादी क्रान्तिप्रति किन यत्रो रिस ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *