नेपाली ठिटो रोहन श्रेष्ठसँग प्रेममा छिन् चर्चित अभिनेत्री श्रद्धा कपूर, नेपालमा हुनेछ विवाह

नेपाली ठिटो रोहन श्रेष्ठसँग प्रेममा छिन् चर्चित अभिनेत्री श्रद्धा कपूर, नेपालमा हुनेछ विवाह

काठमाडौ । बलिउड चर्चित अभिनेत्री श्रद्धा कपूर नचिन्ने नेपालीपनि कमै छन् ।अभिनयले नै उनले आफ्नो परिचय विश्व सामु पुर्याएकी छिन् ।उनि प्राय आफ्नो लुक्सका कारण चर्चामा आउने गर्दछिन् । आउटलुकलाई एकदम फिट राख्ने उनले नेपाली युवकसँग प्रेम गरेकी छिन् ।

उनका प्रेमी हुन् नेपाली युवक रोहन श्रेष्ठ । यो हल्ला अहिले बलिउडमा छपक्कै छाएकै छ ।हालै श्रद्धाको बिहेको खबर बाहिर आएको छ । श्रद्धा र उनका प्रेमि रोहन केही वर्षदेखि प्रेम सम्वन्धमा रहेका छन् ।

भारतिय मिडियाका अनुसार उनिहरु अर्को वर्ष बिहे गर्ने तयारीमा रहेका छन् । तर उनिहरुको विवाहको तयारी भने अहिलेबाट नै शुरु भएको छ ।श्रद्धा कपूर नेपाली मूलका रोहनसँग सम्बन्धमा रहेको बारे अहिले सम्म विभिन्न समाचारहरु आएका छन्।

उनले चलचित्र ‘साहोमा अभिनय गरेपछि उनको चर्चा झनै चुलियो । उनले एकअन्तर्वार्तामा अभिनेत्री बन्नभन्दा पहिले आफूले चोर बजारमा जाने गरेकी बताएकी छिन् ।आफूले चोर बजार गएर सामान खरिद गर्ने गरेको बताउदै उनले सामाजिक सञ्जालमा खासै महत्त्व नदिने समेत बताएकी छिन् । उनले

को हुन् रोहन श्रेष्ठn अभिनेत्री श्रद्धासँग जोडिएर चर्चामा छाउने नेपाली मूलका युवा हुन्—बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ । बलिउडका चर्चित सेलिब्रेटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् रोहन ।‘श्रद्धाले आफ्नो एउटा पुरानो तस्बिर हालै आफ्नो अफिसियल इन्स्ट्राग्राम एकाउन्टमा सेयर गरेकी छिन्,’ ।

‘चाखलाग्दो कुरा के छ भने श्रद्धाको उक्त तस्बिर उनका ब्वाइफ्रेन्ड रोहन श्रेष्ठले खिचेका हुन्, जसलाई श्रद्धाले तस्बिरको क्याप्सनमा एड गरेकी छिन् ।यति मात्र होइन, सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठले पनि आफ्नो इन्स्ट्रा स्टोरीमा श्रद्धाका तस्बिरहरूको कोलाज सेयर गरेका छन् । यसलेपनि उनीहरु एकसाथ छन् भन्ने बुझिन्छ । उनीहरुले नेपालमा नै विवाह गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *