आफू ब्याकपछि बादलले पत्नी नैनकला सञ्चारमन्त्री बनाए : यी ७ जना मन्त्रीको सपथ [नामावलीसहित]

काठमाडौ । नेकपा एमालेका नेता तथा निवर्तमान गृहमन्त्री रामबहादुर थापा (बादल) ले आफ्नै पत्नी नैनकला थापालाई सञ्चार तथा प्रविधिमन्त्री बनाएका छन् । उनको आजै सपथ ग्रहण तय भएको छ ।उनले उनी मन्त्रीबाट ब्याक भएपनि पत्नी नैनकलाला अघि सारे । त्यो प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिदिए ।

नातावाद र कृपावादको प्रतिवाद गर्ने प्रधानमन्त्री ओली यो पटक आफै यस्तै चंगुलमा फसेका छन् । राजपाबाटपनि सबै विवादित मन्त्रीलाई सरकारमा समावेश गराइरहेका बेला फेरी ओलीको यो निर्णयले नेता कार्यकर्तामा वितृष्णा आउने भएको छ ।

प्रधानमन्त्री ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै आजै मन्त्रीहरु थपिने भएका हुन् । आज अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।

एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताए ।स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए ।

तर अदालतको आदेशका कारण सम्भव नभएको बताएपछि नैनकलाको नाम छलफलमा आएको थियो ।‘हामीले हाम्रो पुननियुक्ति हुँदैन भने म्याडमलाई मन्त्री बनाउनुपर्छ । हाम्रो लिगेसी रहन्छ भनेका थियौं,’ एक पूर्वमन्त्री भन्छन्, ‘म्याडमले म कहाँ मन्त्री बन्नु भन्नु भएको थियो । अहिले आएर उहाँलाई नै बनाउनुप¥यो ।’

कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् ।यता नेकपा एमालेबाटपनि आजै केही मन्त्री थपिदैछन् । कैलालीका नेकपा एमाले नेता नारदमुनि राना पनि मन्त्री बन्ने पक्का भएको छ । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री प्रस्ताव गरेका थिए । रानाले पद स्वीकार गरेको बताए ।

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षमा रहँदै आएका गणेश पहाडीपनि मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेका थिए । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीले एमाले नेता खगराज अधिकारी, राजकिशोर यादव, मोहनबहादुर बानियाँ लगायतलाई मन्त्री नियुक्त गरेका छन् । त्यसको जानकारी प्रधानमन्त्री ओलीले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका थिए । आज उनीहरुको सपथ ग्रहण हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *