एमाले माधव नेपाल पक्षका यी नेता पनि पनि बन्ने भए ओली सरकारका मन्त्री

काठमाडौ । नेकपा एमालेका माधवकुमार नेपाल पक्षवाट ओली खेमामा आएका नेता पनि मन्त्री बन्ने भएका छन् । अन्तिम अवस्थामा आफ्नो साथमा आएका गणेश पहाडी पनि ओलीको मन्त्री बन्ने लिष्टमा परेका छन् । उनी यस अघि माधव नेपाल खेमामा थिए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेको बुझिएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी ओलीले गरेका छन् । ओलीले राखेको प्रस्ताव स्वीकार गरेर गणेश मन्त्री बन्न लागेका हुन् ।

पार्टी २ जेठ २०७५ मा फर्किनुपर्छ भन्ने मान्यता राखेर माधव नेपाल पक्षमा रहेका उनी ओलीले पार्टी एकताका लागि सार्वजनिक गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरेर खेमा परिवर्तन गरेका हुन् । अध्यक्ष ओलीको पछिल्लो वक्तव्यमा आफुहरुको माग स्वीकार गरिकाले आफु मन्त्री बन्न तयार भएको प्रतिकृया उनले दिएका छन् ।

सिन्धुलीबाट निर्वाचित पहाडी माधव नेपाल समूहभित्र पनि योगेश भट्टराई निकट मानिन्छन् । योगेशले पनि ओलीको ६ बुँदे प्रस्तावको स्वागत गरेका थिए । प्रतिनिधिसभा विघटन खारेज गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा पनि पहाडीले हस्ताक्षर गरेका थिएनन् । त्यसमा योगेशले पनि हस्ताक्षर गरेनन् ।

बादल आउट भएपछि श्रीमतीको ओली सरकारमा ुइन्ट्रीु

काठमाडौ । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादलले प्रदेश सभा सदस्य निर्वाचन पनि हारे । अहिले पद विहिन भएर बसेका वादल दिनहुँ वालुवाटार धाइरहन्थे । उनी आफ्ना निकटकाहरुलाई मन्त्री वनाउने योजनामा थिए । अन्तत उनको योजना सफल भएको छ । आफु मन्त्रीवाट हटेपनि उनले श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार मन्त्रीपरिषद् विस्तार गर्दैछन् । त्यसमा वादलको श्रीमती पनि मन्त्री बन्ने भएकी छन् । ओलीले विहिवार मन्त्रीपरिषद् विस्तार गर्दा पूर्व माओवादी खेमाका थापाकी श्रीमती नैनकला थापा मन्त्री बन्ने भएकी छन् ।

बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् । यसअघि थापा महिला आयोगमा थिइन् ।

ओलीको मन्त्रीपरिषद्मा श्रीमान श्रीमती पालो पालो मन्त्री बन्ने थापा मात्र होइनन् । अन्य जोडी पनि मन्त्री आलोपालो भएका छन् । यसअघि रघुवीर महासेठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल भएका थिए । अहिले जुली पदमुक्त भएपछि महासेठ आफै मन्त्री बनेका छन् । यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन् ।

प्रचण्डले प्रदेश सभाबाट हटाएकी ज्वालाकुमारीलाई ओलीले दिए मन्त्री उपहार

काठमाडौ । ओली सरकारमा मन्त्री बन्न पुगेकाहरुको ब्याकग्राउण्ड अनौठा हुने देखिएका छन् । कोही उपमेयरमा ९० भोट पाएका मन्त्री बनेका छन् भनेक कोहीका श्रीमान श्रीमती आलोपालो मन्त्री बन्दै छन् । यस्तै नेकपा माओवादीले प्रदेश सभावाट हराएकी ज्वालाकुमारीलाई प्रधानमन्त्री केपी शर्मा ओली केन्द्रमै मन्त्री बनाउन लागेका छन् । विहिवार मन्त्रीपरिषद् विस्तार गर्दा उनी पनि मन्त्री बन्ने लिष्टमा परेकी छन् ।

अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि मन्त्री बन्न लागेकी हुन्।

तत्कालीन माओवादीबाट प्रदेश सभा(२ मा सांसद निर्वाचित साहलाई ओली तिर लागेको भन्दै प्रचण्डले कारवाही गरेका थिए । बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह(इन्चार्ज भएकी साह सर्वोच्चले नेकपा भंग गरिदिएपछि ओलीको पक्षमा लागेकी थिइन्। प्रचण्डले उनीसंगै ४ जनालाई सांसद पदवाट हटाएका हुन् । अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *