मन्त्रीमण्डल विस्तारपछि ओली समूहमा ठूलो खटपट, समूह चेन्ज गर्ने महेश बस्नेत कै चेतावनी

काठमाडौ । मन्त्रीमण्डल विस्तारपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा ठूलो खटपट आएको छ ।प्रधानमन्त्रीका अति विश्वासपात्र भनिएका महेश बस्नेत नै रुष्ट भएका छन् । गृहमन्त्रीको दौडमा रहेका बस्नेतलाई रोकेपछि रुष्ट भएका हुन् ।

उता अर्का युवा नेता विशाल भट्टराई समेत असन्तुष्ट छन् । राजनीतिक दलमा पुस्ता परिवर्तन नभएसम्म जनताले चाहेको गर्न नसकिने रहेछ भन्दै भट्टराई काठमाडौ छोडेका छन् ।उनी यसअघिको मन्त्रीमण्डल विस्तारपछि विराटनगर तर्फ गएर मुख्यमन्त्री शेरधन राईसँग तस्विर खिचाइरहेका छन् ।

उनी राजनीतिक संकटका बेला नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक बनेर पार्टीको शाख जोगाउन लागि परेका नेता हुन् ।यता बस्नेतले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका केही सल्लाहकारका कारण रोकेको भन्दै गुट परिवर्तनसम्मको चेतावनी दिएका छन् ।

उनले विष्णु रिमाल र राजन भट्टराईलाई उचित समयमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ । उनीहरुकै कारण बस्नेतलाई पाखा लगाएर गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त गरिएको स्रोतको दाबी छ ।

गृहमन्त्रीको मुख्य दाबेदार बस्नेत आक्रोशित भई निकटस्थसँग छलफलमा रहेको बुझिएको छ ।विश्वस्त स्रोतका अनुसार बस्नेतले योगदानलाई महत्वहीन ठान्न थालिएको भन्दै गुट परिवर्तनसम्म गर्न सक्ने बारे छलफल गरेको बुझिएको छ ।बस्नेतले ओलीको सत्ता टिकाउन जोखिम मोलेर भूमिका खेलेको भन्दै गृहमन्त्री दाबी गर्दै आएका थिए ।

उनको गृहमन्त्री बन्ने चर्चा पनि थियो । तर, ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेपछि बस्नेत रुष्ट भएका हुन् ।प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न बस्नेतले जनता समाजवादी पार्टीका सांसदहरुलाई डोलेश्वर रिसोर्टमा व्यवस्थापन गर्ने देखि साथमा ल्याउन भूमिका खेलेका थिए ।

उनले एक वर्ष अघि तत्कालीन समाजवादी पार्टी नेपाल विभाजनका लागि असफल भूमिका खेलेका थिए । डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट ल्याउँदा उनीमाथि अ’पह’रणको स’म्म आ’रोप लागेको थियो ।२०७४ सालको आमनिर्वाचनमा बर्दियाबाट बामदेव गौतमलाई चुनाव हराउन महेश बस्नेतले भूमिका खेलेको आरोप समेत लागेको थियो ।

गौतमलाई चुनाव हराएपछि ओलीका लागि प्रधानमन्त्री पद सहज भएको थियो । बस्नेतले ओलीलाई अप्ठ्यारो समयमा पनि साथ दिदै आएका छन् । जुझारु बनेर ओलीको पक्षमा भूमिका खेल्दै आएका छन् ।

यता भट्टराई सूचना प्रविधि तथा सञ्चार मन्त्रीको दाबी गरेका थिए । उनलाईपनि चिप्ल्याएर निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापालाई ल्याईयो । योपछि भट्टराई समेत निक्कै रुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *