तुलसीपुरमा अमिन माथि चलाइयो गो ली, गाउँलेको भागा-भाग

तुलसीपुरमा अमिन माथि चलाइयो गो ली, गाउँलेको भागा-भाग

काठमाडौ । दाङको तुलसीपुरमा कुलो बनाउने क्रममा भएको विवादबीच गो ली चलेको छ । कुलो बनाउने क्रममा जग्गाको विषयमा विवाद हुँदा तुलसीपुर ८ का २४ वर्षीय पूर्ण वलीले गो ली चलाएको प्रहरीले जनाएको छ । उनी अहिले पक्राउ परेका छन् ।

उनले जग्गा नाप्ने अमिनमाथि नै गो ली चलाएका थिए । तर भाग्यवस अमिनलाई चो ट भने लागेन । तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले वलीलाई पक्राउ गरिएको जानकारी दिए । वली भारतमा थिए उनी फागुनमा मात्र गाउँ फर्किएका थिए । भारतवाट आउँदा नै उनले पे स्तो ल ल्याएको देखिएको प्रहरीले जनाएको छ ।

घटनापछि गाउँलेहरुको भागा-भाग भएको थियो। वलीपनि मोटरसाइकलमा बसेर भाग्न लागेको बेलामा प्रहरीले पक्राउ गरेको हो । उनलाई भगाउन सहयोग गर्ने मोटरसाइकल चालक २१ वर्षीय आकाश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *